३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा उपसभामुखद्वारा प्रदेशसभा बैठक आह्वान, आज दिउँसो १ बजे बस्ला त बैठक ?



अ+ अ-

काठमाडौं । मधेश प्रदेशकी उपभामुख बबिता राउत इशरले प्रदेशसभा बैठक आहवान गर्न गरेकी छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उपसभामुखले बैठक बोलाएकी हुन् ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले पदअनुकल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको व्यहोराका सूचना प्रदेश सभा सदस्यहरुलाई पठाइएको छ । मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई मंगलबार पत्र बुझाएका थिए ।

नेकपा संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक बुधबार आह्वान गर्न माग गरेका थिए ।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यले यस्तो माग गरेको साहको भनाइ छ ।

त्यसअघि उपभामुख ईशरले २५ प्रतिशत भन्दा बढी सात दलका प्रदेश सभा सदस्यले प्रदेश सभामा भौतिक उपस्थित भई सभा सञ्चालन गर्न आग्रह गरेको र कानूनी बाध्यतासमेत रहेकाले १० बजे कार्य व्यवस्था परामर्श समितिको र १ बजे प्रदेश सभाको बैठकको सूचना प्रकाशन गर्न निर्देशन गरेकी थिइन् ।

सभामुख मण्डलले प्रदेश सभाको बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै बैठक आह्वान विधि र प्रक्रिया मिचेर उपसभामुखले आह्वान गरेको प्रतिक्रिया दिएका छन् । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको सात दिन पुगेको छ । बहुमत प्रदेश सभा सदस्यहरु एमालेलाई एक्लो पारेर अघि बढेका छन् ।