२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा उपसभामुखद्वारा प्रदेशसभा बैठक आह्वान, आज दिउँसो १ बजे बस्ला त बैठक ?



अ+ अ-

काठमाडौं । मधेश प्रदेशकी उपभामुख बबिता राउत इशरले प्रदेशसभा बैठक आहवान गर्न गरेकी छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उपसभामुखले बैठक बोलाएकी हुन् ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले पदअनुकल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको व्यहोराका सूचना प्रदेश सभा सदस्यहरुलाई पठाइएको छ । मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई मंगलबार पत्र बुझाएका थिए ।

नेकपा संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक बुधबार आह्वान गर्न माग गरेका थिए ।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यले यस्तो माग गरेको साहको भनाइ छ ।

त्यसअघि उपभामुख ईशरले २५ प्रतिशत भन्दा बढी सात दलका प्रदेश सभा सदस्यले प्रदेश सभामा भौतिक उपस्थित भई सभा सञ्चालन गर्न आग्रह गरेको र कानूनी बाध्यतासमेत रहेकाले १० बजे कार्य व्यवस्था परामर्श समितिको र १ बजे प्रदेश सभाको बैठकको सूचना प्रकाशन गर्न निर्देशन गरेकी थिइन् ।

सभामुख मण्डलले प्रदेश सभाको बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै बैठक आह्वान विधि र प्रक्रिया मिचेर उपसभामुखले आह्वान गरेको प्रतिक्रिया दिएका छन् । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको सात दिन पुगेको छ । बहुमत प्रदेश सभा सदस्यहरु एमालेलाई एक्लो पारेर अघि बढेका छन् ।