२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमार्जुनको प्रश्न: यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ?



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले रातको समयमा पुगेर कुनै व्यक्तिलाई गिरफ्तारी गर्न कसैले पनि नपाइने बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सरकारले मध्यराति पक्राउ गरेकोतर्फ लक्षित गर्दै वरिष्ठ अधिवक्ता आचार्यले मध्यरातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तारी गरिनु नागरिक शासनको निकै ठूलो धब्बा भएको बताउनुभएको हो ।

सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बयो त्यसको जवाफ दिनसमेत उनले माग गरेका छन् ।

वरिष्ठ अधिवक्ता आचार्यले लेखेका छन्–

अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नुपर्छ । यसको नियमन राज्यले गर्न पाउँंछ । तर, रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनत: बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो । यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !