२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपलाडी स्वास्थ्यचौकीमा १५ शैयाको अस्पताल निर्माण गर्ने



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ शैयाको अस्पताल निर्माण गर्ने भएको छ । अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एक स्थानीय तह एक अस्पताल’ बनाउने योजनाअनुसार स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि सम्भाव्यता अध्ययनको कार्य पूरा भएको छ । अस्पताल निर्माणका लागि कन्सलटेन्सीमार्फत विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्यलाई अगाडि बढाएको नगरपालिका ४ का अध्यक्ष ज्ञानबहादुर विष्टले बताए ।

तत्कालका लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वास्थ्यचौकीमा रहेका भवनको स्तरोन्नति गरी सेवा सञ्चालनका लागि रु ३८ लाख बजेट परिचालन गरेको छ । प्रदेश मन्त्रालयबाट प्राप्त बजेट परिचालन गरी स्वास्थ्यचौकीका पुरानो भवन स्तरोन्नति गर्न ठेक्का प्रक्रियामार्फत निर्माणको कार्य अगाडि बढाइएको वडा अध्यक्ष विष्टको भनाइ छ । सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा रु २५ लाखको लागतमा चौबिस घण्टे बर्थिङ सेन्टर भवन निर्माणका लागिसमेत कार्य अगाडि बढाइएको छ ।

बर्थिङ सेन्टर निर्माणका लागि लाग्ने कूल लागतको २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने अध्यक्ष विष्टले बताए । स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएपछि सर्वसाधारणले विशषज्ञसहितको चिकित्सकीय सेवा पाउने भएका छन् । पिपलाडीसहित कञ्चनपुरका कृष्णपुर र बेदकोटको दैजी स्वास्थ्यचौकीको समेत स्तरोन्नति गरी अस्पताल बनाउन कार्य अगाडि बढाइएको छ ।