१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

खरिद ऐन छलेर बगर ठेक्का

खरिद ऐन छलेर बगर ठेक्का
अ अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नै नगराई न्यूनतम मूल्यमा बगर ठेक्कामा लगाएको छ । बेनी नगरपालिका–६ डम्मरा र ३ नम्बर वडाको दूधेखोलास्थित म्याग्दी नदी किनारको बगरबाट ढुङ्गा र बालुवा उत्खनन गर्न माघ २२ गतेको नगर कार्यपालिकाको बैठकले स्थानीयवासीलाई ठेक्कामा दिने निर्णय गरेको थियो ।

डम्मराको बगरबाट प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (आइइई)मा उल्लेख भएको परिणामको ढुङ्गा, बालुवा उत्खनन र बिक्री गर्न प्रदेश सरकारले तोकेको दररेटअनुसार एकमुष्ट रु पाँच लाखमा तेजबहादुर खत्रीलाई ठेक्कामा दिने निर्णयमा उल्लेख छ । खरिद ऐनलाई छलेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा न्यूनतम मूल्यमा प्रतिस्पर्धा बिना नै ठेक्कामा लगाएकामा निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले आपत्ति जनाए ।

गत वर्ष डम्मरा, अग्नीखेत र चुत्रेनीको बगर टाकुरा विकास विल्डर्सलाई रु १५ लाख ५० हजारमा ठेक्कामा लगाएको थियो । गत मङ्सिरमा डम्मराबाहेकका ठाउँका बगर उत्खननका लागि ठेक्का आह्वान गरेको थियो । रु ५३ हजार न्यूनतम मूल्य कायम भएको दूधखोलाको बगर उत्खनन गर्न ठेक्का परेको थिएनन् । अन्य ठाउँको बगर प्रतिस्पर्धाको प्रक्रियामार्फत ठेक्कामा लगाएको छ । डम्मराको लिफ्ट खानेपानी आयोजनाको मुहान सुकेको र बस्ती जोखिममा परेको भन्दै बगर उत्खनन गर्न रोक लगाउन माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा स्थानीयवासी जीवन श्रेष्ठले २०७६ साउन ७ गते मुद्दा दर्ता गरेका थिए ।

नगरपालिका, जिल्ला समन्वय समिति, प्रशासन र बेनी नगरपालिकाको वडा नं ६ को कार्यालयलाई विपक्ष बनाएर दायर गरिएको सो मुद्दाको माग दाबी नपुग्ने ठहर गर्दै अदालतले पुस २२ गते खारेज गरेको थियो । अदालतको आदेशपछि सम्बन्धित वडाबाट आएको प्रस्तावअनुसार उत्खनन गर्न दिने निर्णय भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । अन्य बगरको ठेक्का प्रक्रियामा व्यवसायीले मिलेमतो गरेर प्रतिस्पर्धा हुन नसकेको र छोटो अवधि भएकाले कार्यपालिकामा प्रस्ताव लगेर ठेक्कामा दिने निर्णय गराएको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए ।