२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.सुदिपलाई ५ लाख जापानी येनको कोबायशी पुरस्कार



अ+ अ-

ललितपुर । नेपालमा क्यान्सरको उपचार तथा नियन्त्रणमा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायशी फाउण्डेशनले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई ‘छैठौं कोबायशी फाउण्डेशन पुरस्कार-२०२०’ प्रदान गर्ने घोषणा गरेको छ ।

५ लाख जापानी येन अर्थात करीव ५ लाख नेपाली राशीसहितको हेल्थकेयर प्रोफेसनल तर्फको उक्त पुरस्कार डा.श्रेष्ठलाई आगामी जुन महिनामा जापानमा हुने क्यान्सरसम्वन्धि विशेष सम्मेलनमा प्रदान गरिने उक्त फाउण्डेशनले जनाएको छ ।

‘छैठौं कोबायशी फाउण्डेशन पुरस्कार—२०२०’ बाट थाइल्याण्डका डा. अरुनी देचाफुनकुल र हङ्गकङ्गका प्रा.डा.टोनी मोकलाई प्रदान गरिने पनि बताइएको छ ।