२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी उपचारका लागि अदालत जान्छौंः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दैै आफूहरु अदालत जाने बताउनुभएको छ ।

मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरुको बैठकमा बोल्दै उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दैं आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताउनु भएको हो ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकीर समेत पटक पटक गर्नुभयो । उहाँले आफूले सो विषयमा पटक पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहो¥याउनु भयो । वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्नैै नसक्ने ओलीको भनाई थियो ।

हाँले भन्नुभयो, ‘हामी दुई वटै कदम चाल्दै अघि बढने छौ । एउटा यसलाई अस्विकार गर्दै कानूनी उपचार खोज्छौ । र यो कोर्टमा न्याय, संविधान नजरमा र यसको संवैधानिक, यी कदमहरुको संवैधानिक परिक्षण हुनुपर्दछ भन्ने हामी ठान्दछौ । अर्को कुनै परीक्षणको फैसला आउने कुनै बाटो नै छैन । पु्नःस्थापनाबाहेक सम्मानित अदालतले गर्ने अर्को फैसला गर्ने अर्को संवैधानिक बाटो नै छैन । मैले पनि धेरैपल्ट संविधान पल्टाए । धेरै पल्ट संविधान हेरेँ । यो पूर्ण रुपमा असंवैधानिक छ । यसले संविधानसम्मत छु भनेर दावी गर्नै सक्दैन, तर्क पेश गर्नै सक्दैन यसले । संवैधानिक छु, लोकतान्त्रिक छु, लोकतन्त्रको पक्षमा छु यसले भन्नै सक्दैन । यसले भन्ने एउटा कुरा हो भने–अराजकता, आगलागि, तोडफोड र लुटपाटलाई क्रान्ति भनेर क्रान्तिबाट बनेको हो भन्ने ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले अराजकता, आगलागि, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।