१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलद्वारा मंसिर ३ गते प्रदेश सभा बैठक आह्वान



अ+ अ-

जनकपुर । मधेसको प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी ७ राजनीतिक दलको गठबन्धनले मंसिर ३ गते प्रदेशसभा बैठक आह्वान गरेको छ ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रश्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुको टोलीले उपसभामुखलाई भेटेर प्रदेश सभाको बैठका आह्वान गर्न माग गरेका हुन् ।

विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधवार आह्वान गर्न माग गर्नुभयो । उहाँसँगै जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव, काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जनमत पार्टीको संसदीय दलको नेता महेश यादव सहितको उपस्थिति रहेको थियो ।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रश्तावमाथि छलफल प्रकृया अगाडी बढाउने उद्देश्यका साथ ३२ जना प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिनुभयो । उहाँले सभामुखमाथि दर्ता गरिएको प्रश्तावमाथि छलफल प्रकृया अगाडी बढाउनका लागि आफूहरुले प्रदेशसभा बैठक बोलाउन माग गरेको बताउनु भयो ।

प्रदेशसभा बैठक आह्वान गर्ने माग मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्र रहेका छन् । तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले कातिक २२ गते विश्वास मत लिनका लागि बसेको प्रदेशसभा बैठक स्थगित भएदेखि अहिलेसम्म बस्न सकेको छैन । प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवाद तथा सभामुखले ५ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेपछि प्रदेशसभा बैठक प्रदेशसभा सचिवालयले डाकेको छैन ।