१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

अब लुम्बिनी भनेर मात्रै पुग्दैन, स्थानीयले अपनत्व गर्न सक्दैनन् : मन्त्री भट्टराई

अब लुम्बिनी भनेर मात्रै पुग्दैन, स्थानीयले अपनत्व गर्न सक्दैनन् : मन्त्री भट्टराई
अ अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताउनभुएको छ ।

लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताउनुभयो । अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले वृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडी बढेको उहाँले बताउनुभयो । लुम्बिनी घुम्न आउने पर्यटक र अध्ययन गर्न आउनेहरुले कम्तिमा पनि ३ दिनदेखि हप्तादिनसम्म बस्ने वातावरण भएमा त्यहाँका स्थानीयको आय शक्ति बढ्ने र रोजगारीको सिर्जना हुने उहाँले बताउनुभयो । ‘बृहत्तर लुम्बिनी भयो भने मात्रै त्यहाँको आर्थिक, सामाजिक जीवनलाई लुम्बिनीले प्रभाव पार्छ । त्यहाँका स्थानीयको आय, क्रयशक्ति बढ्दैन, उनीहरुको उत्पादन बढ्दैन, उनीहरुले रोजगारी पाउँदैनन र कुनै पनि आर्थिक कृयाकलाप उहाँहरुसँग सम्बन्धित हुँदैन भने लुम्बिनी हुनुको मतलब हुँदैन् र स्थानीयले अपनत्ज गर्न सक्दैनन्’, उहाँले भन्नुभयो ।

मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा बृद्धी गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताउनुभयो । लुम्बिनी क्षेत्रको भ्रमण र अध्ययन गर्न आउनेहरु आफुले चाहेजति समय त्यहाँ बस्न सक्ने र अध्ययन गर्न सक्ने वातावारण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडी बढ्ने उहाँले बताउनुभयो ।