२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रियांकको विष्फोटक ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन जोड्यो । उसका लागि ओपनर प्रियांक पाञ्चालले ९० रनको विष्फोटक इनिङ खेले । ४७ बल खेलेका उनले ६ छक्का र ७ चौका प्रहार गरे ।

यस्तै, पवन सर्राफले अविजित २७, म्याक्स ओ’डाउडले २० तथा मार्क वाटले १६ रन जोडे ।

बलिङतर्फ चितवनका सोहेल तनवीर, रवि बोपारा र सैफ जइब एक–एक विकेट लिए ।