२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भयो : लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको बताएका छन् । काठमाडौमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा लिङ्देनले नेताहरु मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको जिकिर गरेका छन्।

‘तपाईहरु नजुधेको भए, हामीलाई नजुधाएको भए, हामीलाई गाईगोरुजस्तो लुरुलुरु पछि नहिँडाएको भए यो देशमा गणतन्त्र आउँथ्यो ? संघीयता आउँथ्यो ?’ उनले प्रश्न गरे ।

लिङ्देनले राप्रपा फुटका कारण कांग्रेस र कम्युनिस्टले फाइदा लिएको बताउदै भर्खर बहुदल आउँदैमा पार्टी दुई चिरा भएको र त्यतिबेलादेखि नेताहरुमा चेत नआएको समेत आरोप लगाएका छन् । ‘तपाईहरुले आफूलाई मात्र बर्बाद गर्नुभएन, बहुदल आउँदा तपाईहरुले कांग्रेस– कम्युनिस्टको विकल्प दिनुहुन्छ भनेर आशा गरेका थिए’ उनले भने ‘अब पनि चेत आउनुपर्दैन ?’

अहिलेको एकता राप्रपाका नेतृत्वका लागि अन्तिम अवसर भएको पनि लिङ्देनले बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आस्था राख्ने र पार्टी बाहिर रहेर नेताहरुबाट आशा गर्नेहरुलाई धोका दिने काम नगर्नुस्’ उनले भने ‘अब पनि धोका दिने हो भने देश र धर्मलाई धोका दिनु हो । ’

नेता लिङ्देनले अब यस्तो मौका फेरि नआउने भन्दै नेताहरुले सानो सानो कुरामा भलगडा नगर्ने र चित्त दुखाउँदैनौं भनेर प्रतिवद्धता जनाउनुपर्ने बताए ।