२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भयो : लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको बताएका छन् । काठमाडौमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा लिङ्देनले नेताहरु मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको जिकिर गरेका छन्।

‘तपाईहरु नजुधेको भए, हामीलाई नजुधाएको भए, हामीलाई गाईगोरुजस्तो लुरुलुरु पछि नहिँडाएको भए यो देशमा गणतन्त्र आउँथ्यो ? संघीयता आउँथ्यो ?’ उनले प्रश्न गरे ।

लिङ्देनले राप्रपा फुटका कारण कांग्रेस र कम्युनिस्टले फाइदा लिएको बताउदै भर्खर बहुदल आउँदैमा पार्टी दुई चिरा भएको र त्यतिबेलादेखि नेताहरुमा चेत नआएको समेत आरोप लगाएका छन् । ‘तपाईहरुले आफूलाई मात्र बर्बाद गर्नुभएन, बहुदल आउँदा तपाईहरुले कांग्रेस– कम्युनिस्टको विकल्प दिनुहुन्छ भनेर आशा गरेका थिए’ उनले भने ‘अब पनि चेत आउनुपर्दैन ?’

अहिलेको एकता राप्रपाका नेतृत्वका लागि अन्तिम अवसर भएको पनि लिङ्देनले बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आस्था राख्ने र पार्टी बाहिर रहेर नेताहरुबाट आशा गर्नेहरुलाई धोका दिने काम नगर्नुस्’ उनले भने ‘अब पनि धोका दिने हो भने देश र धर्मलाई धोका दिनु हो । ’

नेता लिङ्देनले अब यस्तो मौका फेरि नआउने भन्दै नेताहरुले सानो सानो कुरामा भलगडा नगर्ने र चित्त दुखाउँदैनौं भनेर प्रतिवद्धता जनाउनुपर्ने बताए ।