१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

एकैदिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

एकैदिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा
अ अ+ अ-

सिरहा । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ ।

यस्तै होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुव्र्यवहार गर्ने छ जनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहा नगरपालिका–१२ राधाकृष्ण मन्दिर छेउबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको कल्याणपुर नगरपालिका–६ निवासी २७ वर्षीय मोहमद मुम्ताजलाई पक्राउ गरेको हो । पक्राउ परेका मुम्ताजको साथबाट नाइट्राजेपान आठ थान, नाइट्राभेट ४५ थान बरामद भएको प्रहरीले जनाएको छ ।