२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिस्चार्ज भइन् प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन्। बुधबार अस्पतालबाट संग्रौलालाई डिस्चार्ज गरिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरबाट जानकारी दिएका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभगरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना !’, ट्वीट गर्दै उनले भनेका छन्।

यसअघि प्रधानमन्त्री र समीक्षाबीच भेट भएको थियो।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शल्यक्रियापछि भेट्ने समीक्षा पहिलो आगन्तुक हुन्।