२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको थियो ।

संघीय सांसद श्री पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमका बिच उक्त सामाग्रीहरु सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख श्री प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत श्री राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष श्री राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक श्री भुपेन्द्र चापागा“ई लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले शिक्ष्ाँ, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।