२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार प्रतिगमनको बाटोतिर हिड्यो : अध्यक्ष लोहोनी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप लगाउनुभएको छ ।

पार्टीको एकता घोषणासभामा बोल्दै अध्यक्ष लाहोनीले जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यासरकार प्रतिगमनको बाटोतिर हिड्योन्सको दुरुपयोग गर्दै सरकार प्रतिगमनतिर गएको आरोप लगाउनुभएको हो । ‘अहिलेको सरकारले त्यसलाई दुरुपयोग गरेर, त्यसलाई लुटेर त्यसमा शोषण गर्ने त्यो आर्थिक प्रतिगमन हो । त्यसको विरुद्धमा आवाज उठाउन खोज्यो भने बन्देज गरेर मान्छेलाई बोल्न नदिने प्रयास भएको छ त्यो राजनीतिक प्रतिगमन हो’, उहाँले भन्नुभयो । अध्यक्ष लोहोनीले नेपाली जनताको स्रोत र साधन दोहोन गरेर पार्टी, समूह र व्यक्तिलाई बलियो बनाएर शासनमा बस्छु भन्ने धारणाले सरकार प्रतिगमनतिर गएको उहाँले बताउनुभयो ।

अध्यक्ष लोहोनीले हिन्दु धर्मका नाममा भएका विकृतिहरु निर्मुल पार्न पार्टी एकता गरिएको बताउनुभयो । हिन्दु धर्मका नाममा जात, छुवाछुत, को तल को माथि भन्ने विकृतिहरु फैलिएको भन्दै त्यसलाई निर्मुल पार्न पार्टी एकता भएको उहाँले बताउनुभयो ।