१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टुटल’ र ‘पठाओ’ बन्द गर्ने सरकारको तयारी



अ+ अ-

काठमाडौं । सरकारले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा नया निर्णय गरेर अघि बढ्ने तयारी गरेको छ ।

उपत्यकाका ट्याक्सी व्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा मन्त्रालयले नयाँ निर्णय गरेर अगाडि बढ्ने बताउनुभएको हो ।

‘टुटल’ र ‘पठाओ’का कारण आफ्नो व्यवसाय धरापमा परेको, कयौ चालक मजदुरहरु प्रत्यक्ष प्रभावित भएको र दैनीकजसो झडपका घटना हुने गरेको भन्दै ट्याक्सी व्यवसायीले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा न्यायलयको आदेशलाई तत्काल कार्यान्वय गर्न माग गर्दे मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उनीहरुको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री नेम्वाङ्गले विगतमा ‘के भयो’, ‘के भएन’ भन्ने विश्लेषण गर्नुभन्दा पनि सरकार सबैको समस्या सम्बोधन र सबैलाई कानूनी दायरामा ल्याउने तयारीमा लागेको बताउनुभयो । उहाँले नीतिगत कानूनी कुराहरुलाई व्यवस्थित गर्दे व्यवहारमा रुपान्तरण गर्ने दायित्व सरकारले बोकेकाले सधैको लागि सबैको समस्या समाधान हुने गरि व्यवस्थापन गरिने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो “हिजो के थियो र के थिएन होइन । हामीले सुधार गरेर जानुपर्छ । अदालतले समते पनि आदेश गरिसकेका विषय वस्तुहरु छन् । सबै कानूनको दायरामा भित्र जानुपर्छ । ती भित्रै समस्याका समाधान छन् । कानून कसैले पनि मिच्न पाउँछ ? ”

उहाँले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा यो सर्भिस सुरु भएका देशहरुले गरेको व्यवस्थापन लगायत अन्तराष्ट्रिय अभ्यासलाई मन्त्रालयले अध्ययन गरिरहेको पनि बताउनुभयो । उहाँले ट्याक्सी व्यवसायी लगायत सबै व्यवसायीको समस्यालाई न्यायीक ढंगले व्यवस्थापन गर्दे लैजाने गरि राज्यले जिम्मेवारी लिएर अघि बढ्ने पनि स्पष्ट पार्नुभयो ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज र अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री नेम्वाङ्गलाई भेटी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै आफ्ना मागको तत्काल सम्बोधन नभए संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

विभिन्न विद्युतिय माध्यम तथा आफुखुसी भाडा तोकी निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले सार्वजनिक सवारीको काम गरी प्रत्यक्ष रुपमा ट्याक्सी व्यवसाय र अप्रत्यक्ष रुपमा सम्पुर्ण सार्वजनिक यातायतलाई नै धरासायी बनाएको र सो सन्दर्भमा सम्मानित उच्च अदालत पाटनबाट परमादेश समेत जारी भएको तर कार्यान्वयन नहुँदा ट्याक्सी व्यवसाय तथा चालक मजदुरसंग दैनिकजसो झडप श्रृजना भएको र भविश्यमा हुने जटिल दुर्घटना रोक्नका लागि ऐन बमोजिम तत्काल नियमन गर्न पनि व्यवसायीले माग गरेका छन् ।

व्यवसायीले २०६९ साल देखि कायम हुनुपर्ने बैज्ञानिक भाडा समायोजन, उपत्यका भित्र सडकको पुर्वाधार, ट्राफिक व्यवस्थापनको अवस्था र अपर्याप्त ट्याक्सी स्ट्याण्ड र ट्याक्सी चालकको समयलाई मध्यनजर गरी बैज्ञानिक फ्ल्याग डाउन समायोजन गर्न, ट्याक्सी व्यवसायीको लगानीको सुरक्षा, चालको शान्ति सुरक्षा, वर्तमान ट्याक्सी संख्याको अनुपातमा ट्याक्सी स्ट्याण्डको व्यवस्थापन गर्न पनि माग गरेका छन् ।