६ पुष २०८२, आईतवार
,
Latest
तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ हजारलाई आधारभूत योग शिक्षा प्रदान



अ+ अ-

बागलुङ। बागलुङमा छ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट छ हजार बढीलाई योगासनको विषयमा जानकारी गराइएको हो ।

आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको अवसरमा छ हजारलाई योग शिक्षा दिइएको आयोजकले जनाएको छ ।

गत कात्तिक २२ गतेदेखि एक हप्ता योग शिविर सञ्चालन गरिएको थियो । पतञ्जली योग समिति नेपालका योग प्रशिक्षक ललित शङ्कर योगीले योग, ध्यान र प्राणायम गराउनुभएको थियो ।

पतञ्जली योग समिति बागलुङका सङ्गठन, मन्त्री तथा महायज्ञ व्यवस्थापन योग उपसमितिका संयोजक अमृत कँडेलको संयोजकत्वमा शिविरको सञ्चालन तथा व्यवस्थापन गरिएको थियो । रासस