७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गरे: महेश बस्नेत

केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गरे: महेश बस्नेत
file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको उल्लेख गर्नुभयो ।

क्रिकेट स्टेडियम तिब्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उहाँले बताउनु भयो । केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको उहाँको टिप्पणी छ । शहरी विकासमन्त्री कुलमान घिसिङले आईतवार साँझ स्तरोन्नती गरिएको त्रिवि मैदानको उद्घाटनसंगै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गर्नुभएको थियो ।

क्रिकेट संघको अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासम्मले नैतिक हिसावले कुलमानको उद्घाटनलाई व्यङ्ग्य हुनेगरी व्यङ्ग्य हुनेगरी वक्तव्य दिएको बस्नेतको दाबी छ । उहाँले हरेक विकास निर्माणमा नेकपा एमाले र केपी ओलीको याद आउने पनि दाबी गर्नुभयो । उहाँले सोमवारबाट नेपालमा हशुरु भएको एनपीएल क्रिकेट खेलको जगतमा निकै महत्वपूर्ण भएको पनि बताउनु भयो । क्रिकेट खेल हेर्ने दर्शकलाई किर्तिपुरको ठुलो रुखको हाँगामा चढेर हेनुपर्ने बाध्यता अब अन्त्य भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘आजबाट नेपालमा एनपीएल सुरु हुँदैछ । क्रिकेट खेलको जगतमा यो प्रिमियम लिग निकै महत्वपूर्ण लिग हो । धेरै पुरानो कथा होईन, चारपाँच वर्ष अगाडीसम्म पनि क्रिकेट खेल हेर्ने दर्शकहरु किर्तिपुरको ठुलो रुखको हाँगामा चढेर हेनुपथ्र्यो र कुन बेला हाँगो भाँचिएला र जोखिमपुर्ण दुर्घटनामा परिएला भन्ने चिन्ताले ग्रसित हुनुहुन्थ्यो । केपी शर्मा ओलीज्युले अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै उहाँले भन्नुभयो र म यो क्रिकेट स्टेडियम तिब्र गतिमा बनााउँछु भनेर उद्घोष गर्नुभयो, तोकिएको समयभन्दा अलि ढिला भयो । केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले हिजो जुँगा मुसार्दै उद्घाटन गर्नुभयो । क्रिकेट संघको अध्यक्षदेखी पारस खड्कासम्मले नैतिक हिसाबले कुलमानजीले गरेको त्यो उद्घाटनलाई व्यङ्ग्य हुनेगरि वक्तव्य दिनुभयो । त्यही भएर हरेक स्टेपमा नेकपा एमाले र केपी ओलीको याद आउनेछ ।’

उहाँले कतिपय साहित्यकारहरुले ओली याद आउने चिजहरु सबै भत्काईदेउ भनेर व्यङ्ग्यात्मक कविता नै लेखेको उल्लेख गर्नुभयो । उहाँले धरहरा, रानीपोखरी, सुरुङमार्ग लगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको बताउनु भयो । उहाँले केपी ओलीको विरुद्धमा विदेशी शक्तिहरुले लगानी गरेको दाबी गर्नुभयो ।