२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक: कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश हुँदै



अ+ अ-

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुने रहेको छ । सचिवालयले जनाए अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्नेछन् । यसअघि अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहेपनि समय अभावका कारण आजका लागि सारिएको हो।

भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि नेपाली भूभाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिएकाले कुटनीतिक र अन्य पहलकदमी गरी अतिक्रमित क्षेत्र नेपाली भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

‘कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने विद्येयक प्रस्ताव पनि आज बस्‍ने बैठकको कार्यसूचीमा राखिएको छ। गृहमन्त्री रामबहादुर थापाले अन्तरदेशीय संगठित अपराध महासन्धी अन्तर्गतको पालेर्मो अभिसन्धि पनि अनुमोदनका लागि पेश गरिने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिए। राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ।