२२ श्रावण २०८३, शुक्रबार
,
Latest
भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी… बिलिङ संस्कारको विकास गर्न ‘नेसनल लोटरी स्किम’: अर्थमन्त्री डा. वाग्ले बागमती सरकारबारे राप्रपाको स्पष्ट अडानः सत्ता गठनको दौडबाट बाहिरिने निर्णय करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग: एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो चौमासमा ३ खर्ब २६ अर्ब मात्रै राजश्व उठ्योः धेरैजसो शिर्षकमा लक्ष्य पूरा भएन



अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनपछि सरकारलाई राजस्वका लक्ष्य भेट्न मुस्किल परेको छ ।

अर्थ मन्त्रालयले उपलव्ध गराएको तथ्यांकअनुसार सरकारले धेरै जसो शिर्षकमा पहिलो चौमासमा लक्ष्यअनुसार राजश्व उठाउन सकेन । जेन–जी आन्दोलनको असर पनि राजश्व संकलनमा देखिन थालेको छ ।  अर्थ मन्त्रालयकाअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासमा सरकारले ३ खर्ब २६ अर्ब राजस्व संकलन गरेको छ । जबकी कात्तिक ३० सम्म सरकारले ४ खर्ब २५ अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो ।

यसले आगामी दिनमा सरकारलाई खर्च धान्न समेत अप्ठ्यारो पर्ने देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा १४ खर्ब भन्दा बढी राजश्व उठाउने लक्ष्य राखेको छ । चालु आ.व.को चौमासमै  धेरै जसो राजश्वका सूचांकहरुले लक्ष्य नभेटेका कारण चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यअनुसार कर नउठ्ने देखिएको छ । कात्तिक मसान्तसम्म अन्तःशुल्कमा सरकारले ९६ अर्ब ९२ करोडको राजश्व उठाउने लक्ष्य रहेकोमा ७४ अर्ब ५९ करोड मात्रै राजश्व उठेको छ । त्यस्तै, मुल्य अभिवृद्धि करतर्फ १ खर्ब २५ अर्ब उठाउने लक्ष्य रहेकोमा  यसअवधीमा  १ खर्ब ७ अर्ब मात्रै उठेको छ ।

यस्तै, कात्तिक मसान्तसम्म सरकारले अन्त शुल्क शिर्षकमा ६७ अर्ब ६२ करोडको लक्ष्य लिएकोमा ६२ अर्ब १ करोड संकलन गरेको तथ्यांकले देखाउछ । अन्तःशुल्कमा ९३ अर्ब राजश्व उठाउने सरकारी लक्ष्यमा पहिलो चौमासमा धक्का लागेको छ । यो शिर्षकमा कात्तिक ३० सम्ममा सरकारले ६१ अर्ब १५ करोड मात्रै राजश्व उठाएको छ ।

सरकारले यसरी लक्ष्यअनुसार राजश्व नउठाउँदा आगामी दिनमा प्रशासनिक खर्च समेत धान्न महाभारत हुने देखिन्छ ।