काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले राजस्व प्रणालीमा गरिएको योगदान र सुशासनको स्थापनाले समतामूलक समाज निर्माण गर्न सकिने बताउनुभएको छ ।
कर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै खनालले आम नागरिकको विकास चाहना पूरा गर्नसके समाजमा आफै शान्ति कायम हुने बताउनुभएको हो ।
उहाँकाअनुसार समाजमा कसैले आफू पाखा पारिएको छु भन्ने महसुस हुन दिनु हुँदैन । राज्यले सामाजिक सुरक्षासहित विकासमा पहुँच र आर्थिक अवसर उपलब्ध गराएको छ भन्ने धारणा निर्माण हुनुपर्छ । नागरिकले यस्तो अनुभुति गर्न पाए मात्र सरकार वा निजी क्षेत्रप्रति विद्रोह उत्पन्न हुनेछैन ।उहाँकाअनुसार असन्तुष्टि पोखिदाँ जेनजी आन्दोलन भएको हो । विभिन्न असन्तुष्टि राजनीतिक क्षेत्रदेखि समाजसम्म अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र रोजगारीको अभाव तथा पलायनको पीडाले मानिस विद्रोही बन्दै गएको उहाँको भनाइ छ ।
उहाँकाअनुसार समाजमा कहिलेकाहीँ मानिसहरू बरालिन सक्छन् वा विभिन्न कारणले विद्रोहमा उत्रन सक्छन्, त्यसका लागि सुरक्षा आवश्यक हुन्छ । तर दीर्घकालीन शान्ति र व्यवसायिक वातावरणका लागि सदाचार, अनुशासन र सुशासन अत्यावश्यक भएको उहाँको भनाइ छ । अर्थमन्त्री खनालले भन्नुभयो –‘राजश्वमा गरिएको योगदानले नै हामीले समातामुलक समाज निर्माण गर्नसक्छौँ । आम नागरिकको विकासको चाहना पूरा गर्न सक्छौं र त्यसैबाट हामीले समाजमा शान्ति कायम गर्नसक्छौं । यदी समाजमा कसैले पनि म पाखा पारिएको छु, सरकारले मलाइ सामाजिक सुरक्षाको माध्यमबाट हेरेको छ । विकासमा पहुँच दिएर हेरेको छ । आर्थिक अवसर सिर्जना गरेर हेरेको छ भन्ने धारणा निमार्ण भयो भने नागरिक सरकारप्रति वा व्यवसायीप्रति विद्रोही भएर आउँदैनन् । जेनजी आन्दोलनले पनि हामीलाई त्यो कुराको पुष्टी गरेको छ । विभिन्न प्रकारका असन्तुष्टी राजनैतिक वृत, समाजमा पनि अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र मानिस पलायन हुनुको पीडा व्यक्त गर्ने क्रममा मानिसहरु विद्रोही हुन पुगेका हुन् । जसकारण हामीले क्षति व्यहोर्नुप¥यो ।
निजी क्षेत्रले संकटका बाबजुत पनि हामी खरानी टकटकाटएर उठ्न तयार छौं । हामी हतोत्साही भएका छैनौं । हामी मनोबल सुदृढ गराएर अब अगाडी बढ्छौं भन्ने जुन धारणा व्यक्त गरेको छ । त्यसका साथसाथै हामी उत्साहित त छौं सरकारले सुरक्षाको प्रवन्ध गर्नुपर्छ, सरकारले सुरक्षा दिन सकेन भने हामी जतिसुकै दृढ मनोबल लिएर अघि बढेपनि हामीले सफलता प्राप्त गर्न सक्दैनौं भन्ने जुन धारणा व्यक्त गरेको छ । यसमा सरकारको तर्फबाट सम्माननिय प्रधानमन्त्री, गृहमन्त्री, मैलेपनि सुरक्षामा कुनै किसिमको कमजोरी हुन दिइनेछैन तर सुरक्षा भन्दा पनि सबैभन्दा महत्वपूर्ण कुरा जेन–जीहरुले जुन माग गरेका छन्, सुशासन कायम गर्न सकियो,भ्रष्टाचार न्यूनिकरण गर्न सकियो भने त्यसले दिने जत्तिको सुरक्षा अरु कुनै पनि हुन सक्दैन् ।’
‘यदी आम नागरिकले समाजमा न्यायपूर्ण तरिकाबाट शासन गरिएको छ, उद्योगी व्यवसायीले सही तरिकाले व्यवसाय गरेका छन्, सरकारका निकायहरुले इमान्दारपूर्वक काम गरेका छन् र नागरिकलाई दुख दिने काम गरेका छैनन् भने त्यो भन्दा ठूलो शान्तीको अस्त्र केही हुने छैन । अरु सुरक्षाले त्यसको प्रतिस्थापन गर्न सक्दैन । अरु सुरक्षा अवश्यक छ, समाजमा कतिपय अवस्थामा मानिसहरु बरालिएर र अरु कुनै कारणले बिद्रोही हुनपुग्छन् । त्यसलाई नियन्त्रण गर्नका निमित्त सुरक्षा आवश्यक छ । तर समाजमा सबैभन्दा ठूलो कुरा सदाचार, अनुशासन, सुशासन कायम हुन सक्यो भने त्यसले शान्ति कायम गर्दै व्यवसायी वातावरण कायम गर्न सहयोग पु¥याउछ ।’
खनालले निजी क्षेत्र संकटका बाबजुत पनि पुनः उठ्ने मनोबलमा राख्नु सकारात्मक रहेको बताउनु भयो । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ रहेको थियो ।










