५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गर्नुभएको छ ।

सोमवार जनकपुरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता अधिकारीले सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको जिकिर समेत गर्नुभयो । प्रहरीबाट लुटिएका एसएलआरलगायतको हतियारसहित निर्वाचनमा गोलाबारुद्ध हुने सम्भावना विद्यमान रहेकाले आगामी फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको उहाँको तर्क थियो । नेता अधिकारीले संसद पुनःस्थापना र युवा पुस्ताको सुशासन र भ्रष्टाचार अन्त्यको माग सम्बोधन गरेर मात्रै मुलुकलाई निर्वाचन अघि बढाउन नसकिने अडान समेत राख्नुभयो ।

उहाँले भन्नुभयो,‘कुनै राजनीतिक दलको नेतृत्वमा अभियुक्तहरुलाई फरार बनाइयो । हतियारहरु लुटिएका छन । प्रहरीको पोशाक र लजेष्टिक सामानहरु पनि लुटिएका छन । र कुनैपनि मतदान केन्द्रमा एसएलआर समेत प्रयोग गरेर प्रहरीकै पोशाकमा गोलाबारुद हुने सम्भावना छदैछ । त्यसलाई शान्ति, सुरक्षा, अमनचैन, भयरहित वातावरण बनाउनुपर्ने सरकारको पहिलो कर्तव्य हो । त्यो काम उसले गरेकै छैन । पूर्वाधार बनाएकै छैन । राजनीतिक दलका भेटनै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले चुनाव गराउन खोजेको हो भन्ने तपाईलाई लाग्छ र । त्यसैले चुनाव गराउन खोजिएको कुनै आधार नै देखिएको छैन । र, चुनाव हुन्छ भन्ने कुरामा आम जनतालाई विश्वास पनि छैन । अहिले चुनावको वातावरण बनाउनु प¥यो एक । र, संविधान जुन लिक बाहिर छ । त्यसलाई लिकमा ल्याउन संसद पुनस्थापना गर्ने र युवा पुस्ताका मागहरु सुशासन र भ्रष्टाचारको अन्त्य जुन माग उनीहरुले गरेका छन ।’

नेता अधिकारीले राजनीतिक दलका नेताहरुलाई भेट्नै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले निर्वाचन गराउँछन् भनेर भन्न नमिल्ने समेत बताउनु भयो ।