१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: ग्रीसमा पनि एकको मृत्यु



अ+ अ-

कोरोना भाइरसका कारण ग्रीसमा पहिलो मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ग्रीसमा कोरोना भाइरसका कारण ६६ वर्षका एक व्यक्तिको मृत्यु भएको छ ।

ग्रीसको स्वास्थ्य मन्त्रालयले बयान जारी गर्दै उनको मृत्यु बिहिबार भएको बताएका छन् ।

उनी धार्मिक यात्रामा इजराइल र इजिप्ट गएका थिए र फेब्रुअरीको अन्तिम दिन ग्रीसबाट फर्किएका थिए ।