१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँस्कोटा निवासको बम काण्डमा प्रहरीमाथि नै शंका ?



अ+ अ-

काठमाडौं । पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहान भएको बम बिस्फोटमा प्रहरीमाथि नै आशंका गरिएको एक सत्तारुढ दलकै नेताको दाबी छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सो आशंका गरेका हुन् । त्यो पनि उनले कुनै अनौपचारिक कुराकानीका रुपमा नभएर संसदमै आवाज उठाएर । उनले यस विषयमा उच्चस्तरीय छानबिन गर्न माग समेत गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्रीसमेत रहेका अधिकारीले प्रहरीमाथि नै शंका व्यक्त गरेका हुन् । भक्तपुरको मनहराफाँटस्थित बाँस्कोटाको घरमा बुधबार विप्लव समूहले बम बिस्फोट गराएको थियो ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले भने, माननीय सदस्य गोकुल बाँस्कोटाको घरमा बिस्फोट भएको छ । हामीलाई पूर्वअनुमान थियो प्रहरीले भन्छ । पुिलसलाई पूर्वअनुमान थियो भने को–को संलग्न छन् ? या पुलिस नै त त्यहाँ छैन संलग्न ? त्यो समेत छानविन गरी अपराधीलाई सख्त कारबाही गर्न माग गर्दछु ।’ उनले यो बम विस्फोटनको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको पनि संसदमा बताएका छन् ।
उक्त बम विप्लवका कार्यकर्ताले विस्फोट गराएको अनुमान प्रहरीको छ ।