२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका नेकपा नेता पाठकलाई डिएसपीको धम्की



अ+ अ-

बागलुङ । नेकपा बागलुङका नेता कृष्ण पाठकलाई जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी श्याम अर्यालले धम्की दिएका छन् । उनले नेता पाठकलाई बुधबार राति फोन गरेर धम्की दिएको नेता पाठकले बताएका छन् । कालिगण्डकी दोहनको विषयमा कुरा उठाउँदा आफूमाथि धम्की आाएको बताए । उनले बुधबार राति ९ बजे टेलिफोन गरेर डीएसपी अर्यालले धम्की दिएको बताएका छन् ।

बागलुङ जिल्लाका नेकपा नेता पाठकले मध्य पहाडी लोक मार्ग नै धरापमा पर्ने गरी कालीगण्डकीको दोहन भएको विषयमा आफूले सामाजिक संजालमा कुरा राखिरहेको विषयलाई लिएर डिएसपी अर्यालले धम्काएको उनको भनाई छ । ‘कालीगण्डकी दोहनको रोक्नको लागि पर्वतको सीडीयो, प्रहरी प्रमुख, सांसदहरुलाई पहिलैदेखि आग्रह गरेँ ।

मध्य पहाडी लोक मार्ग भत्किनेगरी भएको कालिगण्डकीको दोहनलाई तपाईहरुले बन्दगरी दिनुस भनेर मैले पटक पटक भनेको भए पनि त्यो काम रोकिएन, बरु मलाई नै प्रहरी प्रशासनबाट यसरी धम्की आयो उनले भने । यसै विषयमा बुधबार आफूले यसै फेसबुकमा स्टाटस लेखेकै भरमा मलाई पर्वतको डीएसपीले फोन गरेर यसरी लेखेर केही फरक पर्दैन, तपाईँले के गर्न सक्नुहुन्छ गर्नहोस्, हारौँला भनेर धम्क्याउनुभयो– पाठकले भने ।