१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अस्पताल बसाइँ लम्बिने, ज्वरो आएपछि रगत र पिसाब जाँचिँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइँ लम्बिने भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई हल्का ज्वारो आएका कारण अस्पताल बसाइँ लम्बिने भएको हो ।

प्रधानमन्त्रीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी गरेको थियो । तर प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि डिस्चार्ज नगरिएको एक चिकित्सकले बताए।

‘अपरेसन गरेपछि घाउ दुखेर ज्वरो आउँछ। उहाँलाई पनि सामान्य ज्वरो आएकाले डिस्चार्ज नगरिएको हो,’ ती चिकित्सकले भने,’उहाँको रगत र पिसाब परीक्षणका लागि पठाइएको छ। कतिपय रिपोर्टहरू आउन समय लाग्छ। त्यही भएर केही दिन बसाइँ लम्बिन लागेको हो।’

चिकित्सकहरूका अनुसार बालुवाटार गएपछि प्रधानमन्त्री भेटघाटमा बढी व्यस्त हुने भएकाले प्रधानमन्त्री पत्नी राधिका शाक्यले प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न चाहेकी छन्।

कतिपय अवस्थामा सामान्य ज्वरो आउँदा सिटामोलले ठीक हुने भए पनि प्रधानमन्त्रीको संवेदनशिलतालाई ध्यानमा राखेर रगत र पिसाबको परीक्षण गराइएको चिकित्सकहरूको भनाइ छ।