२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अस्पताल बसाइँ लम्बिने, ज्वरो आएपछि रगत र पिसाब जाँचिँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइँ लम्बिने भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई हल्का ज्वारो आएका कारण अस्पताल बसाइँ लम्बिने भएको हो ।

प्रधानमन्त्रीलाई फागुन २८ गते डिस्चार्ज गर्ने तयारी गरेको थियो । तर प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि डिस्चार्ज नगरिएको एक चिकित्सकले बताए।

‘अपरेसन गरेपछि घाउ दुखेर ज्वरो आउँछ। उहाँलाई पनि सामान्य ज्वरो आएकाले डिस्चार्ज नगरिएको हो,’ ती चिकित्सकले भने,’उहाँको रगत र पिसाब परीक्षणका लागि पठाइएको छ। कतिपय रिपोर्टहरू आउन समय लाग्छ। त्यही भएर केही दिन बसाइँ लम्बिन लागेको हो।’

चिकित्सकहरूका अनुसार बालुवाटार गएपछि प्रधानमन्त्री भेटघाटमा बढी व्यस्त हुने भएकाले प्रधानमन्त्री पत्नी राधिका शाक्यले प्रधानमन्त्रीलाई केही दिन अस्पताल राख्न चाहेकी छन्।

कतिपय अवस्थामा सामान्य ज्वरो आउँदा सिटामोलले ठीक हुने भए पनि प्रधानमन्त्रीको संवेदनशिलतालाई ध्यानमा राखेर रगत र पिसाबको परीक्षण गराइएको चिकित्सकहरूको भनाइ छ।