१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, निर्वाचन प्रयोजनार्थ सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, निर्वाचन प्रयोजनार्थ सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
अ अ+ अ-

काठमाडौँ । केन्द्रिय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ ।

आईतवार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले निर्वाचन प्रयोजनको लागि नेपाली सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको जानकारी दिनुभयो । समितिको गत असोज ९ मा बसेको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उहाँले भन्नुभयो, ‘गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तर्जुमा गर्नको लागि एउटा कार्यदल गठन गरिएको थियो । जसमा सुरक्षा निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । त्यो कार्यदलले आफ्नो प्रतिवेदन बुझाईसकेपछि त्यही प्रतिवेदनमा आधारित रहेर एकीकृत सुरक्षा योजनामाथि व्यापक छलफल गरेर यसलाई स्वीकृत गर्ने निर्णय भएको छ । उक्त योजनामा सुरक्षा निकायहरु कसरी परिचालन हुने, सुरक्षा संवेदनशीलताका हिसाबले जिल्लाहरुबा वर्गिकरण भएर आएका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरुको परिचालनको विषय र निर्वाचनको समयमा सुरक्षा व्यवस्थापनको सम्बन्धमा सुरक्षाका योजनाहरुलाई तीन तहमा विभाजना गरिएको छ । निर्वाचनपूर्व के गर्ने ? निर्वाचनको समयमा के गर्ने ? र निर्वाचनपश्चात के गर्ने भन्ने विषयहरु पनि छन् भने राजनीतिक अभियानहरु सीमानाकामा हुने अपराधिक कुराहरुको सबै सुरक्षा व्यवस्था योजनामा समावेश गरिएको छ । यी सबै कुरासहित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ सुरक्षा स्वीकृत गरेको छ । त्यस्तै निर्वाचन प्रयोजनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न भन्दै सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि भएको छ ।’

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागि हुनुुहुन्थ्यो ।