३० श्रावण २०८३, शनिबार
,
Latest
यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपालाई सबै पुस्ताको साझा पार्टी बनाउँछौंः नेता खनाल



अ+ अ-

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले युवा सहभागितासहित संगठन सुदृढिकरण र एकतामुखि अभियानलाई प्राथमिकता दिँदै पार्टीलाई सबै पुस्ताको साझा पार्टी बनाउनुपर्ने बताउनुभएको छ ।

आईतवार पेरिडाँडामा बसेको पूर्वपदाधिकारीहरुको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले पार्टी संगठनलाई थप मजबुत बनाउन प्रदेश–प्रदेशमा सन्देश सभा आयोजना गरिने बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरुबीचको एकता कसैको विरोधमा नभई जनतालाई जागृत, संगठित र समाजवादको बाटोतर्फ उन्मुख गराउने मुख्य उद्देश्य रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले थप केही राजनीतिक दलहरूसँग पनि एकताका सम्भावनाबारे छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब पार्टीलाई हामी नेपाली विशेषताको समाजवादमा लैजाने हो । सम्पूर्ण पार्टीलाई हामीले त्यो ढंगले एकतावद्ध गर्ने हो । हाम्रो यो एकता अरु कसैका विरुद्ध होइन । आम जनतालाई जागृत र संगठित गर्ने तथा समाजवादको बाटोतर्फ लाने नेपाली विषेशताको समाजवाद स्थापना गर्ने हाम्रो एक मात्र अर्जुनदृष्टि हुनेछ । एकताका लागि विभिन्न राजनीतिक दलहरुसँग समेत कुराकानी भइरहेको छ । अब कम्युनिष्ट पार्टी भनेको युवाहरु, पाकाहरु, अझै किशोरहरु यी सबैको पार्टी भएको हुनाले त्यही हिसाबले पार्टीलाई एकतावद्ध गर्दै युवा सहभागिता बढाउने कामहरु गर्नुपर्छ । अब नेपाली कम्युनिष्ट पार्टीले पनि युवाहरुलाई प्रोत्साहन गर्ने गर्ने प्राथमिकता दिने कुराहरु यस पार्टीले गर्नैपर्छ र गर्छ पनि । त्यो सन्देश समेत लिएर जान्छौं ।’

उहाँले नेपाली विषेशतामा आधारित समाजवाद निर्माण गर्न पार्टी प्रतिवद्ध रहेको पनि बताउनु भयो ।