२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुसकाण्डमा श्रीमती मुछिएपछि पर्यटनमन्त्री भट्टराईको आयो स्पष्टिकरण



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले श्रीमती बिन्दा घिमिरेको नाम तीन लाख घुस काण्डमा मुछिएपछि त्यसको खण्डन गरेका छन् । उनले सो काण्डलाई षड्यन्त्रको संज्ञा दिएका छन् । आफू सो षड्यन्त्रप्रति सचेत रहेको उनले बताएका छन् ।

आज बिहानैदेखि पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही मिडियामा आइरहेका छन् । नर्सिङ काउन्सिल सदस्य जिता बरालले उक्त घुसको कुरा च्याटमार्फत विद्यार्थीसँग गरेकी छिन् र त्यसको भाग घिमिरेलाई पनि दिनुपर्ने भन्दै उनको नाम जोडकी छन् ।

उक्त च्याटअनुसार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै जिताले एक स्टाफ नर्ससँग तीन लाख रुपैयाँ माग गरेकी छन् । जसमध्ये दुई लाख ५० हजार रुपैयाँ विद्यार्थीले पठाइसकेकी छन् ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा मार्फत जानकारी दिँदै कुनै गल्ती नगरेको सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । त्यस्तै उनले केही व्यक्तिले गरेको खुराफातिमा सचेत भएको बताएका छन् ।

बाँकी ५० हजार रुपैयाँ परीक्षाफल प्रकाशित भएपछि उठाइदिने दुवै पक्षबीच सहमति भएको देखिन्छ । च्याटमा जिताले नै योगेश पत्नी विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन् । घुसको बार्गेनिङ गरेको मेसेज च्याट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।