२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित हुन्छ : अध्यक्ष थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्धयले बिहीबार पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षद्धयले पदभार गरेका हुन् ।

पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताउनुभयो । स्थानीय तहसम्मका कमिटिहरुमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गरी समायोजनमा जाने मानसिकता सबैले बनाउनुपर्ने उहाँले बताउनुभयो ।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताउनुभयो । राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षमा रहेका नेताहरुलाई पनि राप्रपा ल्याउने प्रयास गरिने उहाँले बताउनुभयो ।

पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिएपनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको बताउनुभयो । उहाँले जनतामाथि भएको धोखा र कुकर्मको विरुद्धमा जनताको पक्षमा बोल्ने पार्टीको आवश्यकता परेकाले पार्टी एक भएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकता घोषणा भएको थियो ।