काठमाडौँ । नेपालमा एकजनामा कोरनाको संक्रमण देखीएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेको हो ।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा नमुना परीक्षण गराइएका ४ सय ५० मध्ये १ जनामा मात्रै पोजेटिभ देखिएको र उनी पनि निको भएर घर फर्किएको जनाएको छ ।
यस्तै स्वास्थ्य सचिव यादव कोइरालाले मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गरिरहेको बताए। उनले स्वास्थ्य र शिक्षा गम्भीर कुरा भएकाले सही सूचना प्रवाह गर्न आग्रह गरे। उनले भने, ‘हामीलाई जोखिमलाई हेरेर काम गरिरहेको छौं। नाकाहरुमा कडाइ गरेका छौं। स्थानीय र प्रदेश सरकासँग हातेमालो गरेका छौँ।’
सरकारले कोरोनाको आशंकामा हाल ६ जनालाई आइसोलेसनमा राखेको जनाएको छ। ४ जनालाई टेकु र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।
यस्तै, सिभिल अस्पतलबाट पनि कोरोनाको आशंकमा एक जना बिरामीको नमुना आएको तर परीक्षण भइनसकेको मन्त्रालयले जनाएको छ।