१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ?

भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ?
अ अ+ अ-

दक्ष प्रजापतीले एक दिन ठूलो यज्ञको आयोजना गरे, जसमा भगवान शिवसहित सबै देवी–देवता, ऋषि–मुनी र विद्वानहरूलाई निम्त्याइएको थियो।

जब दक्ष यज्ञस्थलमा आए, सबै देवता उनीहरूको सम्मानमा उठे। तर सबैलाई आफ्नो सम्मानमा उठेको देखेर दक्षको मनमा अभिमान उत्पन्न भयो।

दक्षको ध्यान यसतर्फ गएन कि कति जनाले सम्मान देखाए, उनी त कसले उठेन ? भन्ने मात्र हेर्न थाले।

त्यस समयमा भगवान शिव ध्यानमग्न भएर बसेका थिए। उनी दक्षका ज्वाइँ पनि थिए, तर उनी आए–गएप्रति ध्यान दिएनन्। दक्षलाई यो कुरा अपमान जस्तै लाग्यो।

अहंकारमा उनले भने— “यी मेरा ज्वाइँ हुन्, तर पनि मेरो सम्मानमा उठेनन्। मैले आफ्नी छोरी सतीको विवाह यस्तो व्यक्तिसँग गरिदिएँ, जसको रूप–रंग विचित्र छ।”

दक्षका कटु वचनहरूले यज्ञस्थलको शान्ति भंग भयो।शिवजीले केही पनि बोलेनन्। उनी मौन रहे, तर उनका वाहन नन्दीले यो अपमान सहन सकेनन् र क्रोधमा आएर दक्षलाई श्राप दिए।

यो देखेर ऋषि भृगुले नन्दीलाई श्राप दिए। यज्ञस्थल एकैछिनमा श्राप–विरोध–बितण्डाले भरिएको रणभूमि बन्न पुग्यो। सबैको कल्याणका लागि गरिएको पवित्र यज्ञ अहंकार र अपमानका कारण विनाशतर्फ अघि बढ्यो।

अन्ततः शिवजी आफ्ना गणहरू लिएर यज्ञस्थल छाडेर गए। यही घटनाले पछि सतीको आत्मदाह र दक्ष यज्ञको विनाश हुने मार्ग तयार गर्‍यो।

कथाबाट मिल्ने शिक्षा

यो प्रसङ्गले हामीलाई सिकाउँछ कि जब मानिस पद, प्रतिष्ठा र अहंकारमा डुब्दछ, तब उसलाई अरूले गरेको सम्मान देख्दैन।

अहंकारले राम्रो काम पनि नष्ट गरिदिन्छ, त्यसैले यसबाट जोगिन आवश्यक छ।

अहंकार कसरी दूर गर्न सकिन्छ ?

१. अहंकारको पहिचान गर्नुहोस्
जब तपाईँ अरूको व्यवहारभन्दा आफ्नो सम्मान कति भयो? भन्ने कुरा बढी सोच्न थाल्नुहुन्छ भने, त्यहीँबाट अहंकारले प्रवेश गरिसकेको हुन्छ।

यसलाई समयमै पहिचान गरी नियन्त्रण गर्नु आवश्यक छ।

२. पद ठूलो होइन, व्यवहार ठूलो हुन्छ

दक्ष प्रजापतिको पद ठूलो थियो, त्यसैले उनी अहंकारी बने।

शिवजीको स्थान सबैभन्दा माथि छ, तर पनि दक्षले अहंकारका कारण उनको अपमान गरे।

जीवनमा सम्मान पदले होइन, व्यवहारले पाइन्छ भन्ने कुरा सधैं सम्झनुपर्छ।

३. मौनले विवाद रोक्न सक्छ

दक्षले अपमानजनक कुरा गर्दा पनि शिवजी मौन बसेर त्यहाँबाट टाढा गइदिए।

उनको मौनले त्यतिबेला परिस्थिति अझ बिग्रिनबाट रोक्यो।

विवाद बढ्ने सम्भावना हुँदा मौन रहनु कहिलेकाहीँ उत्तम उपाय हुन्छ।

४. क्रोधमा बोलेको शब्द विनाशकारी हुन्छ

क्रोध र अहंकारमा बोलिएका शब्दले सम्बन्ध तोडिदिन्छ।

रिस उठ्दा केही कुरा नबोल्नु नै राम्रो। बोल्नु अघि भिचार–विचार अवश्य गर्नुहोस्, नभए धेरै कुरा नष्ट हुन सक्छ।

५. प्रत्येक परिस्थितिमा शान्ति कायम राख्नुहोस्

कठिन अवस्थामा पनि शान्त रहन सकेको मानिसले समाधान खोज्न सक्छ।

अरूले अपमानजनक कुरा गर्दा पनि तुरुन्त प्रतिक्रिया नदिने व्यक्ति नै बुद्धिमानी हुन्छ।

ध्यान राख्नुपर्ने कुरा— अरूलाई सम्मान गरे मात्र हामीले पनि सम्मान पाउँछौँ।