१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मृगौला प्रत्यारोपण गरिएको ९ औं दिनपनि ओलीको नियमित स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुक रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो । गत हप्ताको बिहीबार मृगौलाको प्रत्यारोपण गराउनुभएको ओलीले नियमित आहार लिइरहनुभएको छ ।

ओलीलाई मृगौला दिने समीक्षा संग्रौलालाई डिस्चार्ज गरिएपनि उहाँलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन् । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म २ जनाबाहेक अरुलाई भेट्न समेत दिइएको छैन् । मृगौला दिने संग्रौला र प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य बाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।