२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

मृगौला प्रत्यारोपण गरिएको ९ औं दिनपनि ओलीको नियमित स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुक रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो । गत हप्ताको बिहीबार मृगौलाको प्रत्यारोपण गराउनुभएको ओलीले नियमित आहार लिइरहनुभएको छ ।

ओलीलाई मृगौला दिने समीक्षा संग्रौलालाई डिस्चार्ज गरिएपनि उहाँलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन् । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म २ जनाबाहेक अरुलाई भेट्न समेत दिइएको छैन् । मृगौला दिने संग्रौला र प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य बाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।