१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सुनसरी पुगेर अध्यक्ष लिङ्देनले फेरि भने–चुनाव अघि नै राजा, जेन–जी र राजनीतिक दलबीच नयाँ समझदारी गरौं

सुनसरी पुगेर अध्यक्ष लिङ्देनले फेरि भने–चुनाव अघि नै राजा, जेन–जी र राजनीतिक दलबीच नयाँ समझदारी गरौं
अ अ+ अ-

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावभन्दा अघि नै राजा, राजनीतिक दल र जेन्जीबीच नयाँ समझदारी गर्न आवश्यक रहेको बताएका छन् ।

पार्टीको भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशन उद्घाटन गर्न सुनसरी पुगेका लिङ्देनले प्रधानमन्त्री सुशीला कार्कीलाई सर्वपक्षीय छलफल गरेर नवीन समझदारीका लागि पहल लिन आग्रह पनि गरेका छन् ।

जेन–जी आन्दोलन २ वर्षअघि आवधिक चुनाव गराउनका लागि मात्र नभएको दावी गर्दै अध्यक्ष लिङ्देनले सुशीला कार्कीको सरकारले क्रान्तिको भावनालाई सम्मान गर्नुपर्ने बताए । सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले देश नै नरहने अवस्था आएको जिकिर गरे । देशको निर्णायकत्व देशबाहिर पुगेको कुरामा आफुहरुले अघिल्लो चुनावकै क्रममा सचेत गराएको र हाल जेनजी आन्दोलनले त्यो थप प्रष्ट ढंगले देखिएको लिङ्देनको भनाइ छ ।

‘नेपाल त भूराजनीतिको यस्तो चक्रव्यूहमा गम्भीर रुपमा फसेको रहेछ कि, कुनै पनि बेला हामीले थाहै नपाई नेपालको अस्तित्व नै खतरामा पर्ने अवस्थामा हामी रहेछौं ।’ लिङ्देनले थपे, ’सरकार र राजनीतिक दलहरुको हातमा त केही पनि रहेनछ । देशको प्रधानमन्त्रीलाई आफ्नो ढोकासम्म आन्दोलनकारी आउँदै छन् भन्ने समेत सुइँको रहेनछ ।’

देश रह्यो भनेमात्र राजनीतिक दल रहने भन्दै अध्यक्ष लिङ्देनले सबै राजनीतिक शक्ति र पार्टीहरुले देशको सबै शक्ति अटाउनेगरि नयाँ समझदारी गरेर नेपालको निर्णायकत्व नेपालमै फिर्ता ल्याउन आह्वान पनि गरे । सरकार र राजनीतिक दलले मात्र नभएर जनताले पनि आफ्ना भूल सच्च्याउने बेला आएको लिङ्देनको भनाइ छ । काँग्रेस, एमालेले देखाएको प्रलोभनमा परेर जनताले उनीहरुलाई निरन्तर भोट हाल्दा यो अवस्था आएको भन्दै लिङ्देनले अब जनता पनि सचेत हुने बेला आएको दावी गरे ।

हिजोआज केही जेनजीका अभियन्ताहरुले आफुहरु यो व्यवस्थाको विरुद्धमा नभएको र भ्रष्टाचारको मात्र विरुद्ध भएको बताउने गरेको भन्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारको मूल कारण नै आजको व्यवस्था भएको दावी गरे । भोट किनेर चुनाव जित्ने व्यवस्था भएकाले नेताले लगानी उठाउनका लागि भ्रष्टाचार गर्ने गरेको लिङ्देनको दावी छ । भ्रष्टाचार अनुसन्धान गर्ने निकाय अख्तियार र अदालत नै नेताहरुको कब्जामा रहेको भन्दै उनले आजको व्यवस्थामा भ्रष्टाचार नियन्त्रण गर्न कदापी नसकिने ठोकुवा गरे ।

जेनजीले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विषय राप्रपाले अघिल्लो चुनावी घोषणापत्रमै उल्लेख गरेको स्मरण गर्दै अध्यक्ष लिङ्देनले नेपालमा संवैधानिक राजसंस्था भएमा मात्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रभावकारी हुने तर्क गरे । नेपालको परिवेशमा राजा बिनाको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री घातक हुनसक्ने र कुनैपनि बेला देशको सार्वभौमसत्ता खतरामा पर्ने भएकाले राजसंस्था सहितको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जान जेनजी र सबै पक्षलाई लिङ्देनले आह्वान गरे ।

‘जसले देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता व्यवस्था ल्याएर बर्बादीको खाडलमा धकेल्यो, जसले विदेशीको उक्साहटमा यो संविधान ल्याए उनीहरुकै संविधानलाई जेनजीहरुले बहकिएर बोक्नु भनेको देशलाई थप बर्बादीमा लैजान जेनजी पुस्ताको पनि भूमिका हुनु हो ।’ अध्यक्ष लिङ्देनले पूर्वजहरुले नासोका रुपमा दिएको सुन्दर राष्ट्र जेनजी र भावी सन्ततीका लागि पनि सुरक्षित राख्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा काँग्रेस एमाले लगायतका पार्टी परित्याग गरि दर्जनौं व्यक्ति राप्रपा प्रवेश गरेका छन् । राप्रपाले मंसिर मसान्त सम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखे बमोजिम यतिबेला विभिन्न स्थानीय तह र जिल्लाहरुको अधिवेशन सञ्चालन भैरहेको छ ।