१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

काँग्रेसको भावी दिशा–निर्देशनका विषयमा प्रदीप गिरी संस्थानले शुरु गर्यो छलफल

काँग्रेसको भावी दिशा–निर्देशनका विषयमा प्रदीप गिरी संस्थानले शुरु गर्यो छलफल
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरी संस्थानले ‘आइडिया अफ काँग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ ।

शनिवार राजधानीमा ‘आइडिया अफ काँग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरिएको हो ।  पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायहरूमा केन्द्रित यो छलफलले काँग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र ९ लाख रहेको तथ्यांक उजागर गर्दै बाँकी मतदाताहरू शुभेच्छुक भएको बताउनु भयो । उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको उहाँको भनाइ छ । पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेतृत्वको एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिवन्धतर्फको प्रश्तावलाई काँग्रेसको आधारभुत सिद्धान्तविपरीत भएको भन्दै आलोचना गर्नुभयो ।

अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सय भन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीहरू जस्ता विभिन्न पेशाका विज्ञहरूले काँग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भुमिकामा खुला बहस गर्नुभएको उहाँको भनाइ छ । यो बहसले पार्टीको पहिचानलाई मजबुत बनाउने झाले बताउनु भयो ।

अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले संकलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र नेपाली काँग्रेसको केन्द्रिय नेतृत्वसमक्ष बुझाउने भएको छ । यो प्रतिवेदनले पार्टीको आगामी दिशा–निर्देशन, नीतिगत अवलम्वन र संगठन सुधारमा संस्थागत टेवा पु¥याउने विश्वास लिइएको छ ।