१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पूर्वयुवराज्ञी शाहद्वारा बंगलामुखीको दर्शनः धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको विश्वास

पूर्वयुवराज्ञी शाहद्वारा बंगलामुखीको दर्शनः धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको विश्वास
अ अ+ अ-

पाटन: पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरको दर्शन गर्नुभएको छ ।

शनिवार बिहान उहाँले पाटनमै रहेको कुम्भेश्वर मन्दिरको पनि दर्शन गर्नुभई पूजापाठ गर्नुभएको हो । दुवै मन्दिरमा पूजापाठ गर्नुका साथै उहाँले पाटन दरबार क्षेत्रको अवलोकन समेत गर्नुभयो । बंगलामुखीको दर्शन गर्दा मनोकांक्षा पूरा हुने तथा शत्रु नाश हुने जनविश्वास रहेको छ ।

पूर्वयुवराज्ञी शाहले यसअघि पनि देशभरका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नियमित रूपमा पूजाआराधना गर्दै आउनुभएको छ । उहाँले हिमानी ट्रस्टमार्फत स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा आम नागरिकलाई सहयोग पु¥याउँदै आउनुभएको छ ।

ट्रस्टले हालसम्म हजारौं विपन्न परिवारलाई राहत वितरण गरेको छ भने महिला सशक्तीकरण र बालबालिका शिक्षा कार्यक्रममा विशेष जोड दिएको छ । अहिले पनि उहाँ सामाजिक कार्यमा सक्रिय रहनुभएको छ ।

उहाँको यो भ्रमणले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन दिने विश्वास गरिएको छ । – न्युज एजेन्सी नेपाल