१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी शाहद्वारा बंगलामुखीको दर्शनः धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको विश्वास



अ+ अ-

पाटन: पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरको दर्शन गर्नुभएको छ ।

शनिवार बिहान उहाँले पाटनमै रहेको कुम्भेश्वर मन्दिरको पनि दर्शन गर्नुभई पूजापाठ गर्नुभएको हो । दुवै मन्दिरमा पूजापाठ गर्नुका साथै उहाँले पाटन दरबार क्षेत्रको अवलोकन समेत गर्नुभयो । बंगलामुखीको दर्शन गर्दा मनोकांक्षा पूरा हुने तथा शत्रु नाश हुने जनविश्वास रहेको छ ।

पूर्वयुवराज्ञी शाहले यसअघि पनि देशभरका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नियमित रूपमा पूजाआराधना गर्दै आउनुभएको छ । उहाँले हिमानी ट्रस्टमार्फत स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा आम नागरिकलाई सहयोग पु¥याउँदै आउनुभएको छ ।

ट्रस्टले हालसम्म हजारौं विपन्न परिवारलाई राहत वितरण गरेको छ भने महिला सशक्तीकरण र बालबालिका शिक्षा कार्यक्रममा विशेष जोड दिएको छ । अहिले पनि उहाँ सामाजिक कार्यमा सक्रिय रहनुभएको छ ।

उहाँको यो भ्रमणले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन दिने विश्वास गरिएको छ । – न्युज एजेन्सी नेपाल