९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री आज डिस्चार्ज हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् ।प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा. प्रेम कृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले खानासमेत खान थालिसकेका छन् ।

उनले आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् । यही अवस्था रहिरहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझसम्म डिस्चार्च गर्न सकिने अस्पताल स्रोतले जनाएको छ । पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेकी छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शाक्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् । प्रमुख सल्लाहकार रिमालले ट्वीटरमार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर प्रगति भइरहेको र दोस्रो भिजिटरका रूपमा प्रथम महिला राधिका शाक्यले भेटेको जानकारी दिएका हुन् ।

यसअघि पहिलो भिजिटरका रूपमा मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् । प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकसहितको निगरानीमा बस्न प्रधानमन्त्री निवास बालुवाटारमा आवश्यक व्यवस्थापन गरिँदै छ । राजधानी दैनिक