५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्छः अर्थमन्त्री खनाल

बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्छः अर्थमन्त्री खनाल
अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ ।

वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै अब विगतमा जस्तो सरकारले डोहो¥याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताउनु भयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गर्नुभयो । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरु हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र होइन । यो निकै लामो समयदेखिको चरित्र हो । प्रत्येक पाँच, ६ वर्षमा केही न केही यस्ता दुर्घटनाहरु भोग्ने गरेका छौँ । कतिपय प्राकृतिक, आर्थिक र राजनीतिक दुर्घटना होलान् । यस पटक जसरी जेन जीहरुले प्रविधिको प्रयोग गरेर देखाए, लाखौँ मानिसहरु जम्मा गरे । त्यही द्रुत गतिमा सरकार गठन भयो, त्यही द्रुत गतिमा रिकभरीको तयारीमा हामी गयौँ । अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको छ, त्यो बेलाको जस्तो सरकारले डोहो¥याएर यो यो कुरामा जानुपर्छ भन्ने जस्तो छैन । बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाइदिनुपर्छ । त्यसमै हामी लागेका छौँ । छोटो अवधि छ, कर्न सकिँदैन भनेर रोकिनु हुँदैन ।’

अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताउनु भयो । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको बताउनु भयो ।