२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्छः अर्थमन्त्री खनाल



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ ।

वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै अब विगतमा जस्तो सरकारले डोहो¥याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताउनु भयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गर्नुभयो । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरु हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र होइन । यो निकै लामो समयदेखिको चरित्र हो । प्रत्येक पाँच, ६ वर्षमा केही न केही यस्ता दुर्घटनाहरु भोग्ने गरेका छौँ । कतिपय प्राकृतिक, आर्थिक र राजनीतिक दुर्घटना होलान् । यस पटक जसरी जेन जीहरुले प्रविधिको प्रयोग गरेर देखाए, लाखौँ मानिसहरु जम्मा गरे । त्यही द्रुत गतिमा सरकार गठन भयो, त्यही द्रुत गतिमा रिकभरीको तयारीमा हामी गयौँ । अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको छ, त्यो बेलाको जस्तो सरकारले डोहो¥याएर यो यो कुरामा जानुपर्छ भन्ने जस्तो छैन । बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाइदिनुपर्छ । त्यसमै हामी लागेका छौँ । छोटो अवधि छ, कर्न सकिँदैन भनेर रोकिनु हुँदैन ।’

अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताउनु भयो । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको बताउनु भयो ।