२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री शेर्माको निधनप्रती शोकप्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उनको सम्मानमा आज, शनिबार र आइतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

Image result for विकासमन्त्री पूर्णकुमार शेर्मा

त्यसैगरी चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उहाँको स्वर्गारोहण भएको तेह्रौँ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ ।