१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री शेर्माको निधनप्रती शोकप्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उनको सम्मानमा आज, शनिबार र आइतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

Image result for विकासमन्त्री पूर्णकुमार शेर्मा

त्यसैगरी चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उहाँको स्वर्गारोहण भएको तेह्रौँ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ ।