कैलाली । चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोनाभाइरसको आशंका अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको हो।
ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उक्त व्यक्तिलाई बिहीबार आइसोलेसनमा भर्ना गरिएको अस्पतालका चिकित्सक जगदिश जोशीले जानकारी दिए।
यसअघि सेती प्रादेशिक अस्पतालमा तीन जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो । अहिले सेती प्रादेशिक अस्पतालमा दुइटा आइसोलेसन बेड छन्।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने भएकाले देशभरि जुन ठाउँको पनि परीक्षण गर्नुपरे काठमाडौं नै पठाउनुपर्ने हुन्छ।