१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिमा सांसदहरुको माग- गोकुल बाँस्कोटामाथि छानबिन होस्



अ+ अ-

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिमा पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि छानबीन हुनुपर्ने माग उठेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने आवाज उठेको हो ।

शुक्रबार बसेको समिति बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिल गर्ने बाँस्कोटामाथि छानबीन गर्न माग गरेका हुन् ।

उक्त अडियो सार्वजनिक भएपछि उनले भने राजीनामा दिएर बसेका छन् । त्यस बारेमा सत्यतथ्य छानविनका लागि अख्तियारलाई जिम्मा दिनुपर्ने माग सांसदहरुले गरेका हुन् ।

‘यति गम्भीर र यति ठूलो मात्रामा घुसको डिल गर्ने तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटोले राजीनामा दिँदैमा उन्मुक्ति दिन मिल्दैन । सत्यतथ्य छानविनका लागि अख्तियारलाई जिम्मा दिनुपर्छ,’ समिति सदस्य समेत रहेका काँग्रेस सांसद तेजुलाल चौधरीको भनाइ छ ।
त्यस्तै सांसदहरुले प्रेस खरिद सम्बन्धि टेण्डरमा अपनाइएको ‘जीटुजी’ प्रकृया नै गलत रहेको भन्दै उक्त प्रकृया समेत बदल्नुपर्ने धारणा राखेका छन् ।

सांसदहरु डा. मिनेन्द्र रिजाल, मोहमद इस्तियाक राई लगायतले प्रेस खरिद प्रकरणबारे समितिमा भएको छलफलमा नयाँ सञ्चारमन्त्री युवराज खतिवडाले समेत जीटुजी प्रकृयालाई राकेर ग्लोवल टेण्डरमा जानुपर्ने बताइसकेकाले हालको प्रक्रिया रोकेर ग्लोवल टेण्डरमा जानुपर्ने सरकारलाई सुझाव दिएका छन् ।

नेकपा सांसद विरोध खतिवडाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ‘जीटुजी’ (सरकार र सरकारबीच) नभएर ‘सीटुसी’ (कमिसन टु कमिसन) प्रक्रिया अवलम्बन भएको भन्दै व्यङ्गय गरे ।

यस विषयमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ‘कमिसन’ अडियो (एजेन्ट बिजय मिश्रसँग) सार्वजनिक भएपछि फागुन ८ गते राजीनामा दिएका थिए ।