१२ असार २०८३, शुक्रबार
,
Latest
कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिरा सेवनबाट पाँचको मृत्यु



अ+ अ-

धनुषा । धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका पाँचको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा र ४२ वर्षीय बिलास मण्डल रहेको इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयो । प्रहरी निरीक्षक नायकले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनको उनीहरुको मृत्यु भएको बताउनुभयो ।

मृतकलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ । घटनाको अनुसन्धानमा मृतकको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ ।