१२ असार २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलङ्की-धोबीखोला सडकका चिरा पुरिने



अ+ अ-

काठमाडौं । विस्तारको तयारीमा रहेको कलङ्की–धोबीखोला सडकमा चिरा पुर्ने काम (क्रकसिल) गरिने भएको छ । सडक विभागले चिराबाट पानी छिरेर सडक अझै जीर्ण नबनोस् भनी चिरा पुर्न लागेको हो ।

यस सडकमा विस्तार शुरु हुनु पहिले सडक प्रयोगकर्तालाई आवतजावत सहज होस् भनी यस किसिमको मर्मत गर्न लागिएको हो । यस किसिमको मर्मतले सडक सुधारभन्दा पनि थप बिग्रनबाट रोक्ने डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार सडक निर्माण शुरु हुनु पहिले थप क्षति नपुगोस् भनी एक वर्षलाई लक्षित गरी सो काम गर्न लागिएको हो । यस किसिमको मर्मत नयाँ नभए पनि नेपालमा कम मात्रै हुने गरेको छ । कालोपत्र सडकमा पानीका कारण क्षति पुग्ने भएकाले सडकको भित्र पानी जानबाट रोक्ने उहाँले बताउनुभयो । यसले थोरै खर्च गरेर पनि ठूलो रकम बराबरको काम गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसलाई हामीले लाख खर्च गरेर करोड जोगाउने कामका रुपमा लिने गर्छौँ ।”

चक्रपथमा कोटेश्वर–कलङ्की खण्डमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डका रूपमा कलङ्की–धोबीखोला विस्तार गर्ने भएको छ । चिनियाँ टोलीले यसअघि नै यस सडकमा विस्तृत अध्ययन गरिसकेको छ । चक्रपथको पहिलो खण्ड निर्माण गर्दा आकाशे पुल कम भएकाले यस खण्डमा एक÷एक किमीको दूरीमा निर्माण गरिने भएको छ । यस सडकमा दुई ‘अण्डर पास’ निर्माण हुनेछन् । सडकमा दुर्घटनामा कम गराउन बीच भागमा डिभाइडर हुनेछ । पहिलो खण्डमा जस्तै यस सडकमा मुख्य लेन र सहायक लेन चार÷चार गरी जम्मा आठ लेनको हुनेछ ।