काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय पाँच दिन थपेर मंसिर ५ गतेसम्म गर्ने निर्णय गरेको छ।
राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकहरूले आयोगको वेबसाइटमार्फतै व्यक्तिगत तथा जैविक विवरण (बायोमेट्रिक) दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। यसरी दर्ता गर्नेहरूले कार्यालयमा जानुपर्ने छैन।
राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिहरूले अनलाइन विवरण भरेर तोकिएको मितिमा नजिकको निर्वाचन कार्यालयमा फोटो तथा औँठाछाप दिई दर्ता पूरा गर्नुपर्नेछ।
निर्वाचन आयोगले नयाँ व्यवस्थाले कार्यालयमा भीड घटाउने, दर्ता छिटो र सहज हुने र सबै नागरिक समयमै मतदाता बन्ने सुनिश्चितता बढाउने अपेक्षा गरेको जनाएको छ।
प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ।









