२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा छाडेका सन्तोषको बाबुराम र जनार्दनसँग सहकार्यको ५ बुँदे सहमति



अ+ अ-

काठमाडौं । आज मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन्।

तीन पक्षबीच आज औपचारिक रूपमा पाँच बुँदे सहमति भएको छ।

सहमति पत्रमा नेसपा–नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानका तर्फबाट सुदन किराती र सन्तोष परियारले हस्ताक्षर गरेका छन्।

सहमतिमा हस्ताक्षर हुने कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि उपस्थित रहेका थिए।

तीन समूहबीचको सहकार्यलाई आगामी राजनीतिक अभियान र संगठन विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।