१२ असार २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाजा खानकै लागि विद्यालय आउँछन् चेपाङ बालबालिका



अ+ अ-

सीताराम अधिकारी, धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ ।

कक्षा २ मा अध्ययनरत सेविका चेपाङ सात वर्षकी भइन् । घरमा खानेकुरा नभएकाले बिहान उनी खाना नखाइ आउँछिन् । जब विद्यालय आउँछिन् । यताउता हेरिरहने बानी छ । कहिलेकाहीँमात्र बिहानको खाना खाएर आउने भएकाले धेरैजसो भोकै आएपछि खाजा बनाउने ठाउँतिर एकटकले हेरेपछि उनी कक्षातिर पुग्ने गर्छिन् । निन्याउरो अनुहार बनाएर कक्षामा बस्ने भएकाले कतिखेर खाजा खान पाइन्छ भनेर उनीहरु झ्यालतिर हेरेर बसेको टिठलाग्दो दृश्य देखिन्छ ।

कक्षा २ मा अध्ययन गर्ने अनिशा चेपाङ पनि खाली खुट्टा विद्यालय आउँछिन् । विद्यालय पोशाक लगाएको देखिएकै छैन । आमाबुबा ज्याला गर्न जान्छन् । बिहान निस्कने आमाबुबाले बेलुका घरमा खानेकुरा ल्याए भने उनीहरुले खानाखान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उनीहरुको बाध्यता हो । कक्षा ४ मा अध्ययनरत १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय आउँछन् । ज्याला गरेर किनेको चप्पलसमेत फाटेको छ । विद्यालय आउँदा लाज हुने भएपछि उनी बिदाको दिन ज्याला गरेर कमाएको थोरै पैसा जोहो गरेर चप्पल किनेर लगाउने गर्छन् ।

कक्षा ४ मा अध्ययन गर्ने सन्तोष चेपाङको हालत पनि उस्तै छ । खानेकुरा घरमा छ्रैन । विद्यालयको खाजाका लागि आउने गरेको चेपाङ बालबालिका समस्यासँग जुधिरहेका छन् । चार कक्षा पढ्ने भए पनि उनीहरु ज्याला गर्न जान सक्ने कहलिन्छन् । ज्याला गर्न नपाएको दिन विद्यालय आउने विद्यार्थीको सङ्ख्या पनि बढी नै छ । ज्याला गर्नु उनीहरुको बाध्यता र पेट पाल्ने आधारका रुपमा लिइएको छ ।

यी पात्रहरु प्रतिनिधिमात्र हुन् । प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने ११० विद्यार्थीमध्ये २५ विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने ७५ विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले राससलाई जानकारी दिनुभयो ।

घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।

नेपाल सरकारले २०३५ सालदेखि लागू गरेको प्रजा विकास कार्यक्रम र गैह«सरकारी संस्थाले गरेको विकासले नछोएको र उनीहरुको फोटोमात्र कार्यालयमा पुगेको अवस्थामा गाएको विकासमा लाग्ने हो भने गाउँवासीको आम्दानी हुने योजना स्थानीय सरकारले बनाएर मात्र सम्भव हुने प्रधानाध्यापक मैनालीको भनाइ छ ।