५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

पूर्वप्रदेश प्रमुख अहिराजको मुद्दामा मिसिल झिकाउन आदेश

पूर्वप्रदेश प्रमुख अहिराजको मुद्दामा मिसिल झिकाउन आदेश
अ+ अ-

काठमाडौं । जबर्जस्ती करणी (बलात्कार)अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले अहिराजले दफा ७३ अन्तर्गत दर्ता गरेको थुनामुक्तीसम्बन्धी निवेदनको प्राथमिक सुनुवाइ गर्दै मिसिल झिकाउन आदेश जारी गरेको हो। उनले कात्तिक २३ गते सर्वोच्चमा थुनामुक्त गर्न माग गर्दै निवेदन दिएका थिए।

यसअघि काठमाडौं जिल्ला अदालतले साउन १४ गते अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध अहिराज उच्च अदालत पाटन पुगेका थिए। तर उच्च अदालत पाटनले २०८२ भदौ १२ गते जिल्ला अदालतको निर्णयलाई सदर गर्दै पुर्पक्ष थुनामा राख्ने आदेश कायम राखेको थियो। सो आदेश मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासबाट जारी भएको थियो।

अहिराजविरुद्ध एक महिलाले बलात्कारको आरोपमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो।

उच्च र जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै अहिराज सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले मिसिल झिकाउने आदेश दिएपछि अब मुद्दा पुनः अध्ययनका लागि सर्वोच्चमा झिकाइनेछ।