५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

चुनावअघि महाधिवेशनको पक्षमा उभिए संस्थापन पक्षका २५ केन्द्रीय सदस्य (सूचिसहित)

चुनावअघि महाधिवेशनको पक्षमा उभिए संस्थापन पक्षका २५ केन्द्रीय सदस्य (सूचिसहित)
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे तीव्र मतभेद भइरहेका बेला संस्थापन पक्षका नेताहरू पनि चुनावअघि महाधिवेशन गरिनुपर्छ भन्ने अडानमा खुलेर उत्रिएका हुन्।

केन्द्रीय सदस्यहरूले सोमबार पार्टी कार्यालय सानेपामा पुगेर ६ बुँदे मागपत्र बुझाएका छन्। ध्यानाकर्षणपत्रमा १५औँ महाधिवेशनको तयारीका लागि पहिला क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्य टुंग्याउनुपर्ने उल्लेख छ। यसका लागि निश्चित समयसीमा तोकेर कार्यान्वयन गर्न नेतृत्वलाई सुझाव दिएका छन्।

यस्तै, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई प्रभावकारी बनाउन पार्टी विधानअनुसार २०८२ साल मंसिरभित्र १५औँ महाधिवेशन सुरु गरी तहगत अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तयार गरी लागू गर्न माग गरिएको छ।

नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्रको आग्रहलाई ध्यानमा राख्दै युवा पुस्ताको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित हुने गरी विधानसंशोधन गर्नुपर्ने माग पनि अघि सारेका छन्। साथै आन्तरिक निर्वाचन समितिले अझै पूर्णता नपाएकाले तत्काल समिति विस्तार गरी पूर्णता दिनुपर्ने पनि ध्यानाकर्षणपत्रमा उल्लेख छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/11/CamScanner-14-11-2025-1219_251114_132303.pdf” title=”CamScanner 14-11-2025 1219_251114_132303″]