२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजोका हाम्रा कतिपय निष्कर्शले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्तैन



अ+ अ-

भदौ २३ गते भएको ‘नव-युवा पुस्ता ‘ (जेन्जी पुस्ता ) को आन्दोलन र २४ गते गरिएको विध्वंसबाट मुलुकमा उत्पन्न असामान्य र अकल्पनीय घटनापछि विकसित परिस्थितिमा अहिले हामीहरू उभिएका छौं । अहिले संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भएका छन् र त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोशिस गरिदैछ ।

अहिले यसैको जगमा आम जनताको दैनिकी क्रमश: सामान्य हुंदै गए जस्तो देखिए पनि राजनीतिक अन्यौलता र अनिश्चितता भने कायमै छ र गहिरिदो छ । राष्ट्रियता, लोकतन्त्र , संविधान , राष्ट्रिय जीवन र नागरिक अधिकार माथिको खतरा उस्तै छ । यो असाधारण अन्यौलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्त गरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व , सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ ।यो महत्वपूर्ण र ऐतिहासिक कार्यभार पुरा गर्न लोकतन्त्रप्रति प्रतिवद्ध सबै राजनीतिक दल , नव युवा पुस्ता, नागरिक समाज र राज्यका निकायहरू विचको समझदारी, एकता र गहिरो आपसी विश्वास जरूरी छ ।

त्यही एकता र विश्वासको जगमा नै हामीले मुलुकको स्वतन्त्रता , सार्वभौमिकता, राष्ट्रिय एकता , स्वाधिनता , स्वाभिमान र लोकतन्त्रलाई अक्षुण राख्न सक्छौं । यसविच व्यक्त भएको नव युवा पुस्ता र आम जनताको आकांक्षा, आशा , असन्तुष्टी र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान मिल्दैन र सकिदैन पनि । त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरूरी छ । सोही अनुसार हाम्रो विचार , कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरूरी छ ।

राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्याएको भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिदैन । त्यसमा संलग्नहरूलाई उन्मुक्ती दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौं । त्यसका लागि हामी सबैले आग्रह , पूर्ववत अडान , अहंकारलाई त्यागेर नयां विश्वास र नयां आशा निर्माण गर्न सक्नु पर्छ । आन्दोलन र विध्वंसको पक्ष / विपक्ष वा वादी / प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिदैन ।

इतिहासका हरेक राष्ट्रिय शंकट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि नेतृत्व गर्दै आएको पार्टी – नेकपा (एमाले) हो भन्ने कुरा आम नेपाली नागरिकहरू सबैलाई जानकारी भएकै कुरा हो । पार्टीको यो भूमिकासित गांसिएर एउटा जीबित साक्षी र सिपाहीको रूपमा म आफू पनि रहेको जानकारी गराउन चाहन्छु । स्कूले विद्यार्थी हुंदादेखि , को-अर्डिनेसन केन्द्र, नेकपा (माले) हुंदै नेकपा (एमाले) का प्रारम्भिक दिनदेखि ; भूमिगत जीवन, जेल जीवन, निरंकुश पन्चायती शासन काल , त्यसपछिको खुला राजनीतिमा संसदीय भूमिका, सरकारी कामको जिम्मेवारी बहन गर्ने सिलसिलामा र पदीय हिसावले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी, दुईपटक महासचिव हुंदै हाल पार्टीको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको छु ।

यसक्रममा सदैव राष्ट्र, जनता र पार्टी हितमा रहंदै आएको कुरा सगौरव स्मरण गराउंदछु । आगामी दिनमा पनि मेरो यो प्रतिवद्धतामा कुनै कमी आउने छैन । म यो कठिन परिस्थितिमा आम जनसमूदाय , जेन्जी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन बिगतमा जस्तै फेरि एकपटक अभूतपूर्व एकताका लागि अपील गर्दछु । त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचित हुंदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु ।

मलाई थाहा छ – यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा ( एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनले ( २७-२९ मंसीर २०८२, काठमाण्डौं) सबैको ध्यान तानेको छ । गत २०-२२ भदौ मा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्तावेजहरू पारित गरिएको थियो । भदौ २३-२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ । राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्शले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ ।

भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयां कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ , आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप वहस र नयां निष्कर्शको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको वहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयां निष्कर्शमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसीर १३ गते देशभर एकै दिन हुंदैछ । जबज को संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपील गर्दछु ।

प्रतिगमनको बिरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद भंगको खारेजी तथा घोषित मितिमा संसदको निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदवाव सिर्जना गर्नु आवश्यक छ । यही आवश्यकता बोध गरेर नेकपा (एमाले) ले देशैभरि जनपरिचालन गर्ने निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमको आयोजना गरेको छ । यस क्रममा यही कार्तिक २९ गते प्रत्येक जिल्ला र मंसीर ६ गते राजधानी काठमाण्डौंमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन म सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमूदायलाई अपील गर्दछु ।

– ईश्वर पोखरेल

बरिष्ठ उपाध्यक्ष ,नेकपा (एमाले)२०८२/७/२८