३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

धर्मेन्द्रको भिडियो लिक गरेको आरोपमा अस्पतालका कर्मचारी पक्राउ

धर्मेन्द्रको भिडियो लिक गरेको आरोपमा अस्पतालका कर्मचारी पक्राउ
अ+ अ-

एजेन्सी । ब्रीच क्याण्डी अस्पतालमा धर्मेन्द्रको भिडियो बनाएर लीक गर्ने अस्पतालका स्टाफलाई पक्राउ गरिएको छ।

१२ नोभेम्बरमा सामाजिक सञ्जालमा एक भिडियो भाइरल भयो, जसमा धर्मेन्द्र भेन्टिलेटरमा देखिएका थिए र उनका परिवारका सदस्यहरू रोइरहेका थिए।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, गोपनीयता उल्लंघनको आरोपमा भिडियो बनाउने व्यक्तिको खोजी गरिएको थियो। अनुसन्धानपछि थाहा भयो कि भिडियो अस्पतालकै स्टाफले बनाएको रहेछ। प्रहरी प्रशासनले बिहीबार साँझ सो व्यक्तिलाई पक्राउ गरेको हो।

अमिताभ बच्चनको ‘क्रिप्टिक’ पोस्ट

धर्मेन्द्रको मृत्युका हल्ला र अस्पतालको भिडियो लीक प्रकरणपछि अमिताभ बच्चनले शुक्रबार फेसबुकमा लेखे– “एथिक्स जस्तो कुनै चीज नै छैन।”

त्यसैगरी आफ्नो आधिकारिक एक्स खाताबाट उनले लेखे– “नो एथिक्स, कुनै आचार–नीति छैन।” बिग बीले कसैको नाम लिनेनन्, तर उनको यो टिप्पणी धर्मेन्द्रकै प्रसंगसँग जोडेर हेरिएको छ।

असंवेदनशील कवरेजबारे अशोक पण्डितको एसोसिएसनद्वारा शिकायत

इन्डियन फिल्म एन्ड टेलिभिजन डायरेक्टर्स एसोसिएसनका अध्यक्ष अशोक पण्डितले धर्मेन्द्रको स्वास्थ्यबारे गरिएको असंवेदनशील रिपोर्टिङप्रति आपत्ति जनाउँदै औपचारिक उजुरी दर्ता गरेका छन्।

एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–
‘केही पपराजीहरूले श्री धर्मेन्द्रजीको स्वास्थ्यबारे गरेको दखलअन्दाजीपूर्ण र असंवेदनशील रिपोर्टिङको कडा निन्दा गर्छ। उनीहरूको यो लापरवाह व्यवहार अस्वीकार्य र अमानवीय छ। औपचारिक प्रहरी उजुरी दर्ता भइसकेको छ, र यस्तो अभद्रता दोहोरिन नदिन कडा कारबाहीको माग गर्छौँ।”

थुप्रै सेलिब्रेटीहरूको प्रतिक्रिया, गोपनीयता संरक्षणको अपील

करण जौहरले लेखे–
“जब आधारभूत शिष्टाचार र संवेदनशीलता हाम्रो व्यवहारबाट हराएर जान्छ, हामी एक पतनशील समाज बन्दैछौँ भन्ने बुझ्नुपर्छ। कृपया त्यो परिवारलाई एक्लै छोडिदिनुहोस्। उनीहरू पहिले नै धेरै भावनात्मक पीडा झेलिरहेका छन्।

एक जीवित लिजेन्डका लागि पपराजी र मिडियाको यस्तो हल्ला हृदयविदारक छ। यो पत्रकारिता होइन, अपमान हो।”

२ दिनसम्म भेन्टिलेटरमा रहे धर्मेन्द्र

दिग्गज अभिनेता धर्मेन्द्रलाई १२ नोभेम्बरमा ब्रीच क्याण्डी अस्पतालबाट डिस्चार्ज गरिएको हो। उनी दुई दिनसम्म भेन्टिलेटरमा रहे। बिहीबार साँझ डाक्टरहरू उनको घरमै पुगेका थिए। अहिले उनको घरमै उपचार चलिरहेको छ। उनका नजिकका साथी तथा शोले सह–कलाकार अमिताभ बच्चन पनि बिहीबार बिहान भेट्न गएका थिए।

धर्मेन्द्रलाई सास फेर्न गाह्रो भएपछि १० नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो। १२ नोभेम्बरमा उनलाई डिस्चार्ज गरिएको छ।